कोरोना संक्रमणबाट नेपालमा अप्रिल २४ यताकै सबैभन्दा कम मृत्यु, संक्रमितको संख्या पनि घट्यो


प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार

कोरोना संक्रमणबाट नेपालमा अप्रिल २४ यताकै सबैभन्दा कम मृत्यु रेकर्ड गरिएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अप्रिल २४ पछिको सबैभन्दा कम हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण

अप्रिल २४ मा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको थियो । त्यसपछि मे १९ मा मृत्यु संख्या सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । अर्थात् उक्त दिन नेपालमा कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको रेकर्ड छ ।

अप्रिल २४ भन्दा अगाडि भने मृत्युदर कम रहेको थियो । अप्रिल २३ मा ५ जनाको र अप्रिल २२ मा ५ जनाको मृत्यु भएको थियो । अप्रिल १२ पछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्यामा बृद्धि हुन थालेको देखिन्छ ।

अप्रिल २४ देखि सेप्टेम्बर ३ सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको तथ्यांक

जनवरीको १२ देखि अप्रिल ११ सम्म हरेक दिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अधिकतम १० रहेको छ । झण्डै ४ महिना नेपालमा कोरोना संक्रमणबाट निकै कम व्यक्तिको ज्यान गएको तथ्यांक रहेको छ । तर अप्रिलको दोश्रो सातादेखि भने नेपालमा कोरोना संक्रमण बढेसँगै मृतकको संख्यामा पनि बृद्धि भएको छ ।

अप्रिल २४ देखि सेप्टेम्बर ३ सम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको तथ्यांक

२४ घण्टामा नयाँ संक्रमित थपिने संख्यामा पनि कमी आएको छ । विगत २४ घण्टामा १२६८ जना नयाँ संक्रमितहरु थपिएको सरकारी तथ्यांक रहेको छ । विगत केही दिनदेखिको तथ्यांक हेर्दा संक्रमितहरुको संख्यामा पनि कमी आएको देखिएको छ । आजको तथ्यांक अनुशार नेपालमा सकृय संक्रमितहरुको संख्या ३१ हजार ८ सय २६ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com