अक्टोबर १ देखि भारतबाट नेपालमा हरेकपल्ट दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने


प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार

अक्टोबर १ देखि लागु हुनेगरी भारतबाट नेपालमा हरेकपल्ट दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने भएको छ । रिजर्भ बैङ्क अफ इन्डियाले विद्युतीय माध्यममार्फत् पैसा पठाउँदा एकपटकमा दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने व्यवस्था गर्न लागेको हो ।

अहिलेसम्म एकपटकमा ५० हजासम्म, वार्षिक १२ पटक र बर्षमा ६ लाखसम्म मात्र रेमिट्यान्स कारोबार गर्न पाउने व्यवस्था रहेको छ । नेशनल इलेकट्रोनिक फन्ड्स ट्रान्स्फर मार्फत् नेपाल भारत रेमिट्यान्स कारोबार हुँदै आएको छ। उक्त नियम अनुसार एनईएफटी आबद्ध बैङ्कहरूमा खाता भएका व्यक्तिले वार्षिक १२ पटकसम्म रेमिट्यान्स पठाउन पाउने प्रावधान छ।

नयाँ नियम भारतीय बैङ्कमा खाता हुनेहरुका सन्दर्भमा मात्र लागु हुनेछ । खाता नहुने ग्राहकहरूको हकमा भने अहिलेकै नियम कायम रहने अर्थात् एकपटकमा ५० हजार भारतीय रुपैयाभन्दा बढी पठाउन नपाइने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा कुल रेमिट्यान्सको करिब १२ प्रतिशत भारतबाट आउने गरेको छ । तर कानूनी रुपमा रकम पठाउनमा लगाइएको सिमाहरुका कारण नेपालीहरुले हुण्डी लगायतको प्रयोग गर्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com