वामदेव गौतमले दिए एमाले उपाध्यक्ष पदसहित सबै जिम्मेवारीबाट राजीनामा


प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार

वामदेव गौतमले  नेकपा एमालेको उपाध्यक्ष पद लगायत सबै जिम्मेबारीबाट राजिनामा दिएका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।

गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले पटकपटक व्यक्तिगत सुझाव दिँदा पनि ओली व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्।

राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजीनामा पत्रमा लेखिएको छः “म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईँकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोलेआजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु।”

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका गौतम एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका थिए । गौतमले एमालेबाट राजीनामा दिए पछि अब के गर्ने भन्ने बताएका छैनन् ।

२०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन् । उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com