दुईसातामा झण्डै २४ हजार अफगानीहरु अमेरिका प्रवेश, ८ वटा सैन्य क्याम्पमा आवास


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

तालिवानले काबुल कब्जागरेपछि अफगानिस्तान छाड्न चाहनेहरुको उद्दार गर्दै हमिद कारजाई विमानस्थलमा अमेरिकी सेना

दुईसाताको अवधिमा झण्डै २४ हजार अफगानीहरु अमेरिका प्रवेश गरेका छन् । अगस्त १७ देखि अगस्त ३१ सम्म उद्दार उडानहरु संचालन भइरहँदा उनीहरु ती उडानहरुमार्फत अमेरिका प्रवेश गरेका हुन् ।

अमेरिकी सरकारको विदेशमन्त्रालयले यसअगाडि अफगानिस्तानबाट उद्दारका क्रममा अमेरिका आएका अफगानीहरुको यकिन संख्या सार्वजनिक गरेको थिएन । विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले अगस्त १७ देखि ३१ सम्म ३१ हजार १ सय ७ को उद्दार गरिएकोमा २३ हजार ८ सय ७६ जना अफगानी रहेको बताएका छन् ।

डुलेस इन्टरनेशनल एयरपोर्ट, जहाँ उद्दार उडानहरु अवतरण गरेका थिए ।

यसरी अमेरिका आएका अफगानीहरुमध्ये कतिजनाले विशेष आप्रवासी भिसा वा अन्य भिसा लिएर आएका थिए भन्नेबारे केही खुलाइएको छैन । तर भिसा प्रकृयामा समय लाग्ने भन्दै भिसाको प्रकृया पूरा नभएका वा सुरु नगरेका कैयन अफगानीहरुलाई २ बर्षको अस्थायी संरक्षणसहित अमेरिका प्रवेशको अनुमति दिइएको थियो ।

उद्दार गरिएका अरु ४ हजार ४ सय ४६ जना भने अमेरिकनहरु हुन् । अन्य व्यक्तिहरु अमेरिकाको ग्रिनकार्डवाहक भएको जनाइएको छ । अमेरिका र सहयोगीहरुले जुलाईको अन्तिमदेखि अगस्तको अन्तिमसम्म अफगानिस्तानबाट ७७८ वटा उडानमार्फत १ लाख २४ हजारभन्दा धेरैको उद्दार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानबाट उद्दार गरेर ल्याइएका अफगानीहरुलाई अहिले अमेरिकाका विभिन्न ८ सैन्य क्याम्पहरुमा आवासको व्यवस्था गरिएको छ । जसमध्ये भर्जिनियाको फोर्ट ली, विसकन्सिनको फोर्ट म्याक्वे, टेक्सासको फोर्ट ब्लीस र न्युजर्सीको सैन्य क्याम्प समेत रहेका छन् । गत मंगलबार अमेरिकाले अफगानिस्तानमा झण्डै २० बर्ष लामो युद्ध समाप्त गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com