न्युयोर्क र न्युजर्सीमा घोषित संकटकालका कारण अध्यागमन अदालत बन्द


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

न्युयोर्क र न्युजर्सीमा घोषित संकटकालका कारण आज न्युयोर्क र न्युजर्सीका ५ वटा अध्यागमन अदालत बन्द भएका छन् । हरिकेन आइदाका कारण संकटकाल घोषणा गरिएपछि आजका लागि अदालत बन्द गर्नुपरेको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ ।

अध्यागमन अदालत

न्युजर्सीको एलिजाबेथ र नेवार्कमा रहेका अध्यागमन अदालत बन्द गरिएको छ भने न्युयोर्कको ब्रोडवे, भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अदालत पनि बन्द गरिएको छ । आजका लागि तय भएका सुनुवाईका लागि नयाँ मिति दिइनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com