काठमाडौंमा आगामी सातादेखि विद्यालय खुलाउने तयारी


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खुलाउने तयारी गरेको छ।महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आउँदो साताको सोमबार वा मंगलबारदेखि विद्यालय खुलाउने गरी तयारी अगाडि बढाइएको जानकारी दिए।

‘हिजो जिल्ला प्रशासन कार्यालयबाट स्थानीय तहले विद्यालय खोल्न सक्ने भन्ने जानकारी आएपछि हामीले महानगरभित्रको आज, भोलि र पर्सिको संक्रमणको अवस्था हेर्छौं र संक्रमण घट्दो क्रममा रहेको पाइए आगामी सातादेखि विद्यालय खोल्न सकिने भनेर निर्णय गर्छौं, ‘ – सुवेदीले भने।

महानगरले तीन दिनको संक्रमण अवस्थालाई हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिने भने पनि संक्रमण दर कति भयो भने विद्यालय सञ्चालन गर्न सकिने भनेर तोकेको छैन। मात्र संक्रमण दर घट्दो क्रममा हुनुपर्ने भनिएको छ।

त्यसैले आजदेखि तीन दिन महानगरमा संक्रमण दर घट्दो क्रममा रहे आगामी सातादेखि विद्यालय खुलाउने गरी निर्णय गर्ने महानगरको तयारी छ।

सुवेदीका अनुसार सञ्चालनमा आउने विद्यालयहरूले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए।साथै, धेरै संख्या रहेका विद्यालयहरूले सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नुपर्ने भनिएको छ। विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरेकोरनगरेको भनेर नियमन गरिने महानगरले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com