नेपालमा १ करोड डोज कोभिडविरुद्धको खोप वितरण


प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ ।  मंगलबारसम्म  कोभिड विरुद्धको  पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो ।

नेपालमा वितरित जोन्सन एण्ड जोन्सनको खोप एकडोजमात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जनाइएको छ । जसमध्ये एक करोड मात्रा लगाइसकिएको छ भने बाँकी रहेको ३३ लाख मात्रा अहिले देशका विभिन्न ठाउँमा लगाउने क्रम जारी छ ।

एक करोड ३३ लाखमध्ये  नेपाललाई सुरूमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो भने पछि नेपाली सेनालाई थप एक लाख डोज दिएको थियो ।
चीनले अहिलेसम्म १८ लाख डोज खोप दिइसकेको छ।

अमेरिकाले एकडोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई दिएको छ। जापानले एस्ट्राजेनेकाको १६ लाख डोज खोप दिएको छ। बेलायतले १ लाख ३० हजार खोप अनुदानमा दिएको छ भने भुटानले २ लाख ३० हजार डोज खोप पैचो दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुदानबाहेक सरकारले चीन र भारतबाट खरिद गरेर ६६ लाख डोज खोप ल्याएको छ ।

नेपालमा हालसम्म तीन कम्पनीको मात्र खोप लगाइएको छ । चीनको भेरोसेल खोप, बेलायतमा विकशित कोभिसिल्ड र अमेरिकी सहयोगमा प्राप्त जोनसन एण्ड जोनसन खोप लगाइएको छ ।

औषधि व्यवस्था विभागबाट आपतकालीन प्रयोगका लागि भारतको सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड, चीनबाट सिनोफार्मको भेरोसेल, भारतबायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी स्पुटनीक भिुले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।

भारतबाट अनुदानस्वरुप प्राप्त १० कोभिसिल्ड खोप नेपालमा गत वर्षको माघ १४ गतेदेखि लगाउन थालिएको थियो ।

हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको पछिल्लो सीरोप्रेभलन्स सर्वेक्षणले देशभरिबाट सङ्कलित नमुनामध्ये ६८ दशमलव ६ प्रतिशत अर्थात् कुल जनसंख्याको झण्डै दुई तिहाईमा कोभिड १९ को एन्टिबडी फेला परेको देखाएको छ।

उनीहरु प्राकृतिक रूपमा सङ्क्रमित भएपछि एन्टीबडी बनेका वा खोप लगाएर एन्टीबडी बनेकाहरु हुन् । विगतमा समुदायमा ७० प्रतिशतभन्दा धेरै मानिसहरूमा प्रतिरोधी क्षमता विकास भएमा सामुदायिक प्रतिरोध वा हर्ड इम्यूनिटी विकास हुने र त्यसले महामारीलाई शिथिल पार्दै लाने बताइएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com