५ महिनादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो, गर्न पाउने र नपाउनेबारे ७ बुँदा


प्रकाशित मिति : भाद्र १६, २०७८ बुधबार

काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि सूचना जारी गरिएको हो।

बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गरेका हुन्। ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्।

यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पाइदैन थियो। अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको हो।

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ। ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आदेशमा समेटिएका बुँदा

– शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइने, गर्नुपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानमा रहेर स्थानीय तहहरूले सीसीएमसीसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्ने ।

– चाडपर्वहरू स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा गर्ने

– अनावश्यक मानिस जम्मा हुने, भिडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रामहोत्सव, भोज नगर्ने/नगराउने,

– व्यक्ति, समूह तथा संस्थाबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर गर्न पाउने,

– स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने,

– सार्वजनिक तथा निजी निर्माण कार्यको लागि सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाउने,

– कोभिडको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा परेका व्यक्तिहरूले सरकारले निःशुल्क व्यवस्था गरेको एन्टीजन तथा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्थाको प्रभावकारी पालना गराउने

जिल्ला प्रशासन कार्यालयले कुनै पनि बेला अहिलेको व्यवस्था पुनरवलोकन हुनसक्ने भन्दै आदेशको उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com