अवतरणका लागि गलत स्थानतिर पुगेपछि चीनबाट काठमाडौं आउँदै गरेको जहाज ‘ओभरसुट’


प्रकाशित मिति : भाद्र १४, २०७८ सोमबार

चीनको छेन्दुबाट काठमाडौं आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ‘ओभरसुट’ गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी आकाशमा फन्को लगाउनुपरेको जनाइएको छ ।

मौसम खराबीले विमानस्थलको ‘भिजिबिलिटी’ कमजोर हुँदा अवतरणका क्रममा रहेको जहाजले ओभरसुट गर्नुपरेको विमानस्थलले जनाएको छ ।आज बिहान ६:२९ बजेका लागि अवतरण समय तालिका रहेको उक्त जहाजले अवतरणका क्रममा इमाडोलनजिकबाट ओभरसुट गरेको थियो । उक्त जहाज बिहान ७:५१ बजे मात्रै अवतरण भएको विमानस्थलले जनाएको छ ।

मौसम खराबीले जहाजले ओभरसुट गर्नुपरेको जनाइएको छ । जहाज सामान्य एप्रोचमा आएको  र सामान्य मौसम खराबीले धावनमार्ग ‘रनवे’ मिस एप्रोच भए पनि नेक्स्ट एप्रोचका लागि ओभरसुट गर्नुपरेको जनाइएको छ ।

काठमाडौं उपत्यकाका आकाशमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुले आन्तरिक उडान पनि सामान्य प्रभावित भएको छ । कतिपय गन्तव्यको उडान विलम्ब भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलमा आइतबार मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको थियो । मौसम खराबीले भिजिबिलटी कम हुँदा पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएकोे बुद्ध एयरले जनाएको छ । यस्तै, विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडान केही विलम्ब भएको थियो ।

देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान सामान्य प्रभावित भएको होे । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com