नेपालमा कोरोनाबिरुद्धको खोपको पूर्ण डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी


प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार

नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुशार एक मात्रा मात्र कोरोनाबिरुद्धको खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशतमा र पूर्ण मात्रा लगाएकाहरूमा ९० प्रतिशतमा एन्टीबडी देखिएको छ ।

देशभरिका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरूलाई समेटी गत असार २१ देखि साउन ३० गतेसम्म १३,१६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

सर्वेक्षणले देशभरिका ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड १९ एन्टीबडी देखाएको मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टीबडी देखिएको वक्तब्यमा जनाइएको छ ।

नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप वितरण भइरहेको छ ।

कुन खोप कति प्रभावकारी ?

कोभिशिल्ड (आष्ट्राजेनेका) खोप डेल्टा भेरियन्टबिरुद्ध पनि उच्च प्रभावकारी रहेको निष्कर्ष रहेको छ । न्यु ईंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोध अध्ययन अनुशार कोभिशिल्डको दुबै डोज लगाएपछि त्यसको प्रभावकारिता डेल्टा भेरियन्टबिरुद्ध लक्षणसहितको संक्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको छ । नेपालमा डेल्टा भेरियन्टको उच्च संक्रमण रहेको छ ।

यो खोप विगतको अल्फा भेरियन्टबिरुद्ध ७५ प्रतिशत प्रभावकारी देखिएको थियो । तर एकडोजमात्र लगाएको खण्डमा भने डेल्टा भेरियन्टबिरुद्ध कोभिशिल्ड लक्षणसहितको संक्रमण रोक्न कम प्रभावकारी रहेको छ । एकडोजमात्र लगाएको खण्डमा भने ३० प्रतिशतमात्र प्रभावकारी रहेको देखिएको थियो ।

नेपालमा समेत वितरित चाइनिज भ्याक्सिन साइनोफार्मको भेरोसेल भ्याक्सिन लक्षण कोरोनाबिरुद्ध ७८ प्रतिशत प्रभावकारी पाइएको थियो । तर यो भ्याक्सिनको अन्तिम क्लीनिकल परीक्षणमा ६० बर्षभन्दा कम उमेरका व्यक्तिमात्र सहभागी रहको थिए । त्यसकारण बढी उमेरका व्यक्तिमा भ्याक्सिनको प्रभावकारिताबारे परीक्षणका क्रममा समेत कुनै तथ्यांक थिएन ।

८० बर्षमाथिका व्यक्तिमा कोरोनाबिरुद्ध शुन्य संरक्षण प्रदान गरेको एक अध्ययनले निष्कर्ष निकालेको थियो । हंगेरीमा गरिएको सर्वेक्षणमा यस्तो निष्कर्ष निस्किएको थियो ।

विश्व स्वास्थ्य संगठनका एकजना सल्लाहकारले ६० बर्षमाथिका व्यक्तिमा भेरोसेल भ्याक्सिनको प्रभावकारिताबारे महिनौं अगाडि पनि प्रश्न उठाएका थिए । तर जब विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको थियो, त्यतीबेला बढी उमेरका व्यक्तिमा काम नगर्ने कुनै छुट्टै कारण नभएको बताइएको थियो ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन ठीक्कदेखि सिकिस्तसम्मको संक्रमण रोक्न ६६ प्रतिशत प्रभावकारी रहेको छ भने सिकिस्त हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी रहेको छ । जोन्सन एण्ड जोन्सनको एउटा डोज लगाएको २८ दिनपछि कोरोनाको कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेदर  लगभग शुन्य रहेको छ ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com