अन्तत: अमेरिकी दूतावास काठमाडौंबाट गतमहिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी


प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले गत महिना ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भने उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गरेको हो ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुन महिनाको तुलनामा जुलाईमा पाँचगुणाभन्दा धेरैलाई भिसा जारी गरेको हो । जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा १६ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । अगस्तमा जारी गरेको भिसा विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।

मे महिनासम्म आर्थिक बर्ष सन् २०२१ का डिभी विजेताहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेको थिएन । जुनबाटमात्र भिसा जारी गर्न सुरु गरेको हो । आर्थिक बर्ष सन् २०२१ का डिभी विजेताहरुले आगामी सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । उनीहरुमध्ये ३६ सयभन्दा धेरैले अझै भिसा पाएका छैनन् ।   उनीहरुले गतबर्षको अक्टोबर १ देखि भिसा पाउन सुरु गर्ने नियम भएपनि  ट्रम्पको आप्रवासन रोकका कारण भिसा पाउनमा ढिलो भएको थियो । तर पछि बाइडेन प्रशासनले रोक हटाउँदा पनि दूतावासले मेसम्म भिसा जारी नगर्दा भिसा पाउनेहरुको संख्या कम भएको हो ।

सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको छ । आगामी अक्टोबर १ देखि आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो । यो डिभीको नतिजा पनि  मे ८ मा आइसकेको छ । आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो ।

डिभी २०२२ का विजेतालाई यथाशीघ्र डीएस २६० फर्म भर्न अमेरिकी दूतावासले काठमाडौंले सुझाव दिएको छ । दूतावासले भनेको छ- ‘तपाईंहरू मध्ये जतिजना डिभी २०२२को लागि छनौट हुन सफल हुनुभएको छ, हामी तपाईंलाई अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुहुन आग्रह गर्दछौं।’

यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क भर्न सक्ने र यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत नपर्ने पनि दूतावासले स्मरण गराएको छ ।

डिभी विजेताले डीएस २६० फर्म निशुल्क भर्नका लागि यहाँ क्लीक गर्नुहोला । तपाईले आफ्नो केस नम्बर हालेर डीएस २६० फर्म भर्न सक्नुहुनेछ ।

डीएस २६० फर्म भर्नुभन्दा अगाडि उक्त फर्मको नमुना र भर्नुपर्ने विवरणहरु समेत हेर्न सकिनेछ । सुरुमा केस नम्बर हालिसकेपछि तपाईले नेशनल भिसा सेन्टरबाट प्राप्त गरेको इन्भोइस नम्बर हाल्नुपर्छ । त्यसपछि तपाईले आफू आवेदक भएको विकल्प छनौट गर्नुपर्छ । आवेदकबाहेक अन्यले वकिल, याचिकाकर्ता वा तेश्रो पार्टी एजेण्ट भएको विकल्प छनौट गर्न सक्नेछन् ।

त्यसपछि तपाईले आफ्नो आप्रवासी भिसा आवेदन भर्ने स्थान देख्नुहुनेछ । त्यहाँ क्लीक गरेर तपाईले आफ्ना विवरणहरु भर्दै जानुपर्नेछ ।

आवेदन कसरी भर्ने ? यसबारेमा आवेदनको नमुना यहाँ हेर्नुहोला ।

डीएस २६० फर्म भर्दा तपाईले अमेरिकामा कुन ठेगानामा ग्रिनकार्ड प्राप्त गर्ने हो उक्त ठेगाना समेत उल्लेख गर्नुपर्छ । तपाईले यो ठेगाना उपलब्ध गराउँदा ठेगाना पूर्ण भए नभएको चेक गर्नुपर्छ । यो ठेगानामा अपार्टमेन्ट नम्बर वा फ्लोर नम्बर भए नभएको राम्रोसँग चेक गर्न आवश्यक छ । ठेगाना पूर्ण नभएका कारण वा अपार्टमेन्ट नम्बर छुटेका कारण अमेरिका आइसकेपछि ग्रिनकार्ड फिर्ता भएर जाने तथा हराउने समस्या देखिएको छ । त्यसपछि ग्रिनकार्ड पुन प्राप्त गर्न लामो समय लाग्ने र झमेला हुने समेत गरेको छ ।

साथै तपाईले आफूलाई सोसल सेक्युरिटी कार्ड आवश्यक भएको र त्यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुपर्छ ।

यदि तपाईले सोसल सेक्युरिटी कार्ड आवश्यक छ ? भन्ने प्रश्नमा छैनमा टिक लगाउनुभयो र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान गर्नुहुन्छ ? भन्नेमा गर्दिन भन्नेमा टिक लगाउनुभयो भने तपाईले सोसल सेक्युरिटी कार्ड स्वत प्राप्त गर्नुहुनेछैन । अमेरिका आइसकेपछि तपाईले सोसल सेक्युरिटी अफिसमा गएर पुन आवेदन दिनुपर्ने हुन्छ ।

अमेरिकामा बैंक खाता खोल्नदेखि राज्यका आईडी कार्ड जारी गर्न लगायत ट्याक्स तिर्न र अन्य महत्वपूर्ण कामहरुका लागि सोसल सेक्युरिटी नम्बरको आवश्यकता पर्छ । कैयन आवेदकले डीएस २६० फर्म भर्दा सोसल सेक्युरिटी नम्बर आवश्यक नभएको उल्लेख गर्दा वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई सोसल सेक्युरिटी कार्ड जारी गर्नका लागि सुचनाहरु सम्बन्धित एजेन्सीलाई उपलब्ध गराउनका लागि स्वीकृति प्रदान नगर्दा अमेरिका आइसकेपछि झमेला भोग्ने गरेका छन् ।

डिभी लोटरी २०२२ को नतिजा अमेरिकाको न्युयोर्क समय अनुशार मे ८ तारिख अपरान्ह १२ बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । गत अक्टोबर ७ देखि डिभीका लागि आवेदन खुलेकोमा नोभेम्बर १० सम्म डिभी लोटरी भरिएको थियो ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष सन् २०२२ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov/ मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०२२  का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा मे ८  देखि  सन् सेप्टेम्बर ३०, २०२२ सम्म उपलब्ध हुनेछ ।

डिभीको कन्फर्मेशन नम्बर हरायो ? यसरी पाउनुहोस् सहजै

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा  नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ । हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा अहिले नै उपलब्ध भइसकेको छ ।

हराएको कन्मफर्मेशन नम्बर प्राप्त गर्नका लागि यहाँ क्लीक गरेर आफ्नो विवरणहरु पेश गर्नुहोला ।

तपाईसँग पहिले नै कन्फर्मेशन नम्बर छ वा माथि उल्लेखित विधिबाट इमेलमा कन्फर्मेशन नम्बर प्राप्त गर्नुभयो भने अब तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com