२४३३ जनामा संक्रमण पुष्टि, उपत्यकाबाहेक कास्की र चितवनमा बढी संक्रमित


प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय २ जनाको पिसिआर र ४ हजार ६ उसय ७२ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ रहेका छन्। काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै कास्की जिल्लाका छन्। त्यहाँ थप २५२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, चितवनमा १५३, झापामा १५३, मोरङमा ८९, रुपन्देहीमा ५१ र सुर्खेतमा २५ छन्।

यस्तै, उक्त अवधिमा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८ सय ९३ जना रहेको छ।

बिहीबार थप २६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ। मृत्युदर १.५ प्रतिशत छ।

नेपालमा हाल सक्रिय संंक्रमितको संख्या ३८ हजार ३ सय ८४ पुगेको छ। त्यसमध्ये ३५ हजार ३ सय ५४ जना होम आइसोलेसनमा, ३ हजार ३० जना संस्थागत आइसोलेसनमा, ६२० जना आइसीयूमा र १ सय ६५ जना भेन्टिलेटरमा छन्।

बिहीबार ७० हजार २६ जनाले खोप प्राप्त गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com