प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले पद सम्हाले


प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका उनले पदभार ग्रहण पनि गरिसकेका छन्।

मुख्यमन्त्री शेरधन राईले बिहीबार नै संसदीय दलको नेताबाट राजीनामा दिनुका साथै प्रदेश प्रमुख अधिकारीसमक्ष राजीनामा दिएका थिए। त्यसपछि एमालेले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको थियो। आचार्य संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।

२०७४ माघ २६ गते भएको संसदीय दल नेताको निर्वाचनमा राईले आचार्यलाई पराजित गर्दै मुख्यमन्त्री भएका थिए। त्यतिबेला राईले २६ मत ल्याएका थिए। आचार्यले २४ मत पाएका थिए।

सुरुदेखि नै माधव नेपालपक्षमा रहेका नेता आचार्यले अन्तिम समयमा नेपालको साथ छाडेर एमालेमै फर्किएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com