रहेनन् जनवादी गायक जेबी टुहुरे


प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो।

भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’, ‘बसाइँ हिँड्नेको ताँतीले’ लगायत गीत चर्चित छन्। उनले १५० भन्दा बढी गीत गाएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com