भदौ ११ देखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज दिइने, कसले पाउने? खोप केन्द्र कहाँ–कहाँ?


प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार

काठमाडौंमा भदौ ११ गतेदेखि ३ दिन भेरोसेल खोपको दोस्रो डोज दिइने भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो डोज लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

दोस्रो डोज लगाउन पहिलो मात्रा डोज लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com