नेकपा एकीकृत समाजवादीले पार्टीमा युवाहरुलाई प्राथमिकता दिने (१० बुँदे घोषणापत्रसहित)


प्रकाशित मिति : भाद्र ८, २०७८ मंगलबार

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीका हरेक महत्वपूर्ण हिस्सामा ४० वर्षमुनिका युवाहरुलाई राख्ने घोषणा गरेको छ।

काठमाडौंको चन्द्रागिरिमा आयोजित पार्टीको पहिलो बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै युवाहरुलाई पार्टीमा प्राथमिकता दिने जनाएको हो।

घोषणापत्रमा नेकपा एकीकृत समाजवादीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य–मान्यतासहितको वैज्ञानिक समाजवाद र मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहेको उल्लेख छ। यस्तै, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्त हुने जनाइएको छ। घोषणापत्रमा भनिएको छ, ‘यस पार्टीमा जनवाद र केन्द्रीयताको सन्तुलन अर्थात् आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन हुनेछ। यो पार्टी नेताप्रधान होइन, नीति प्रधान हुनेछ। पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत उत्तरदायितवको कार्यपद्दति अवलम्बन गरिनेछ।’

 

पार्टीको संगठनात्मक संरचना मुलुकको संघीय संरचनाअनुसारको हुनेछ र सबै पार्टी कमिटीहरु समावेशी चरित्रका हुनेछन्। पार्टी सबै खाले प्रतिक्रियावाद, अवसरवाद र संकीर्णतावादका विरुद्ध तथा सामाजिक सद्भाव एवं राष्ट्रिय एकताको पक्षमा रहेको घोषणापत्रमा उल्लेख छ।
यो पार्टी १० वैशाख २००६ मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको वर्तमान रुप भएको दाबी पनि गरिएको छ।

घोषणापत्रको पूर्णविवरण यस्तो छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com