एकताका लागि एमाले नेताहरुको अन्तिम पहल, मंगलबार बोलाइयो स्थायी कमिटी बैठक


प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) आधिकारिक रुपमा दर्ता हुने मिति नजिकिँदै जाँदा एमाले नेताहरुले एकताका लागि अन्तिम पहल गरेका छन्।

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सनाखत भदौ ९ गते गर्दैछ। त्यसअघि भीम रावललगायतका नेताहरुले एकताका लागि पहल गरेका हुन्। उनीहरुले अन्तिम समयमा आएर नेता नेपालको साथ छाडेका थिए।

भीम रावल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्यलगायतका नेताहरुले सोमबार अध्यक्ष केपी ओलीलाई भेटेर १० बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छलफलमा ओलीले १० बुँदे सहमति कार्यान्वयन प्रक्रियालाई अझ तिब्रता दिन सहमति जनाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। सोही १० बुँदे सहमति कार्यान्वयनबारे छलफल गर्न एमालेले मंगलबार बिहान स्थायी कमिटी बैठक बोलाएको छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।

छलफलमा १० बुँदे सहमतिलाई तीव्र रुपमा कार्यान्वयन प्रक्रियामा लैजाने र मंगलबार स्थायी कमिटी बैठक बोलाउने सहमति भएको ज्ञवालीले बताए।

यस्तै, बैठकले नेता माधवकुमार नेपालसहित नयाँ पार्टी गठनको प्रक्रियामा रहेकाहरुलाई एमालेमै फर्कन औपचारिक रुपमा आव्हान गर्नेछ। तर बालकोट बैठकले ती नेताहरु अब पार्टीमा नफर्कने निस्कर्ष निकालेको छ।

‘माधव कमरेडले अर्को बाटो तय गरिसक्नु भएको छ, अलग्गै बाटो हिँड्न संकल्पित भइसक्नु भएको छ, उहाँ फर्किनुहुन्छ भनेर कसरी विश्वास गर्ने?’, ज्ञवालीले सञ्चारकर्मीहरुसँग भने, ‘यद्यपि मंगलबारको स्थायी कमिटी बैठकले एकताका लागि आव्हान गर्नेछ।’

गत साउन १ गतेको स्थायी कमिटी बैठकबाट पार्टी जेठ २ अघिकै स्थितिमा फर्किइसकेको उल्लेख गर्दै ज्ञवालीले यसअघि विभाजनकारी गतिविधिमा संलग्न भएका तर नयाँ पार्टीमा नगएका नेताहरुलाई जेठ २ अघिकै जिम्मेवारी दिइने बताए।

ओलीसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता योगेश भट्टराईले सबै तहका पार्टी कमिटी जेठ २ अनुसार नै क्रियाशील बनाउन अध्यक्ष केपी ओली सहमत भएको बताए। त्यसका लागि कस्तो मोडालिटी अपनाउने भन्नेबारेमा भने स्थायी कमिटीमा छलफल हुने उनले बताए। नेताहरुको जिम्मेवारी पनि जेठ २ अनुसार नै गर्न ओली सहमत भएका छन्।

भट्टराईले पार्टीमा कसैमाथि पनि अन्याय नहुने सुनिश्चितता स्थायी कमिटीले गर्ने उल्लेख गर्दै धैर्यताका साथ उत्तेजनामा नआई एकताको प्रक्रियामा सामेल हुन नेता कार्यकर्तालाई आग्रह गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com