जापानबाट आइपुग्यो थप साढे ५ लाख डोज एस्ट्राजेनेका, प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने


प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार

जापानबाट थप ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल आइपुगेको छ। यो खोप जापान सरकारले कोभ्याक्स सुविधामार्फत् अनुदानमा उपलब्ध गराएको हो।

योसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० डोज खोप नेपाल आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि साउन २३ र २४ गते ९ लाख डोज र यही भदौ ५ गते २ लाख ८ हजार ७०० डोज खोप जापानबाट आएको थियो। यो खोप प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने जनाइएको छ। गत फागुनमा कोभिसिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनेका खोप लगाइरहेको छ। भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनेका खोप ल्याएको हो।

यसैगरी चीनबाट अनुदानमा थप १६ लाख डोज भेरोसेल खोपसमेत चाँडै नै आउने मन्त्रालयले जनाएको छ। यो खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा अहिलेसम्म करिब १ करोड ४० लाख डोज खोप आइसकेको छ। अहिलेसम्म ४९ लाख ४२ लाख २५० जनाले पहिलो डोज र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण डोज खोप लगाइसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com