अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए, कन्सुलर विभागमा ३५४ नेपालीको विवरण दर्ता


प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार

अफगानिस्तानबाट उद्धार भएका नेपालीहरू स्वदेश फर्कने क्रम जारी छ। हालसम्म ५०४ नेपाली काठमाडाै‌ं आइसकेकाे र अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई ल्याउन समन्वय र सहजीकरण भइरहेको  परराष्‍ट्र मन्त्रालयले जनाएकाे छ।

यस्तै परराष्‍ट्रकाे कन्सुलर सेवा विभागको वेव पोर्टलमा आइतबार साँझसम्म ३५६ नेपालीहरूले आफ्नो विवरण दर्ता गराएका छन्।

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्य गर्न  मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलकाे सातौं बैठक आइतबार बसेकाे छ। बैठकले त्यहाँबाट उद्दार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसँगको समन्वय, उद्दारपछिको स्वदेश फिर्तिलगायतबारे अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल भएकाे परराष्‍ट्रले जनाएकाे छ।

उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसकेकाहरुकाे विवरण रुजु गरी उद्धार हुन बाँकीको विवरण स्थानगत रूपमा समेत अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको जनाइएकाे छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाजको आगमन अवतरण खुली नसकेको मन्त्रालयले उल्लेख गरेको छ

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरुले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न तथा भाइबर र ह्वाट्स एपसुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएसन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ।

साथै, नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि दिइएकाे फोन नम्बर, भाइबर र ह्वाट्स एप वा अनलाइन पोर्टलबाट  जानकारी गराउनसमेत परराष्‍ट्रले अनुरोध गरेकाे छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com