अमेरिकी दूतावास काठमाडौमा विद्यार्थी भिसाका लागि थप अप्वाइन्टमेन्टहरु उपलब्ध


प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार

कोरोनाको महामारीका कारण अत्यन्तै सिमित संख्यामा मात्र विद्यार्थी भिसाका अप्वाइन्टमेन्टहरु उपलब्ध गराएको अमेरिकी दूतावास काठमाडौंले बिद्यार्थी भिसाका अन्तर्वार्ताका लागि थप समयहरू उपलब्ध गराएको छ । योग्य बिद्यार्थीहरूले आफ्नो अन्तर्वार्ताको लागि समय छान्न सक्ने दूतावासले जनाएको छ ।

अन्तर्वार्ता समय र तपाईंको पढाई शुरू हुने दिनको बीचमा १ सय २० दिन भन्दा बढीको अन्तर हुन नहुने दूतावासले स्मरण गराएको छ । यदि पढाई शुरू भइसकेको अवस्थामा भिसा अन्तर्वार्ताको लागि उपस्थित हुन चाहनेहरुले आगामी कदमबारे आफ्नो विश्वविद्यालयसँग छलफल गर्नुपर्ने दूतावासले जनाएको छ ।

अमेरिकी दूतावास काठमाडौंले जुन महिनाबाटमात्र उल्लेख्यमात्रामा विद्यार्थी भिसा जारी गर्न सुरु गरेको हो । जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले ७९ जनालाई विद्यार्थी भिसा जारी गरेको थियो भने एकजना उनीहरुका डिपेण्डेण्टलाई पनि भिसा जारी गरेको थियो ।

जबकी त्यो अगाडि मे महिनामा जम्मा २ जनालाईमात्र विद्यार्थी भिसा जारी गरिएको थियो । मे महिनामा लकडाउनका कारण दूतावासले विद्यार्थी भिसा जारी नगरेको हो । तर अप्रिलमा भने अमेरिकी दूतावास काठमाडौंले २६ जनालाई विद्यार्थी भिसा जारी गरेको थियो भने ८ जना उनीहरुका डिपेण्डेण्टलाई पनि भिसा जारी गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com