अमेरिकी दूतावासमा दोब्बर आप्रवासी भिसा अन्तरवार्ता तय, जुलाईको तुलनामा ब्याकलग पनि कम


प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार

अमेरिकी विदेशमन्त्रालयको नेशनल भिसा सेन्टरले विश्वभरका अमेरिकी दूतावास र कन्सुलेटहरुमा अगस्तमा महिनामा आप्रवासी भिसाका लागि ३३ हजार ३ सय ६ वटा आवेदनको अन्तरवार्ता तय गरेको जनाएको छ । मे महिनापछि विदेशमन्त्रालयले भिसा अन्तरवार्ताको संख्यामा उल्लेख्यरुपमा बृद्धि गर्दै गएको हो ।

अप्रिल महिनाको तुलनामा अगस्तमा झण्डै दोब्बर भिसा अन्तरवार्ताहरु तय गरिएको छ । अप्रिलमा १८ हजार ९ सय ७९ आप्रवासी भिसा आवेदनको अन्तरवार्ता तय गरिएको थियो । त्यतीबेला कागजपत्रको प्रकृया पूरा भएर भिसा अन्तरवार्ताका लागि प्रतिक्षा गरेका ४ लाख ७५ हजार ३ सय १० आवेदनको ब्याकलग रहेको थियो ।

जुलाई ३१ सम्म ५ लाख ४७ हजार १ सय ९३ आवेदनको कागजपत्रको प्रकृया पूरा भएर भिसाको अन्तरवार्ताका लागि प्रतिक्षा गरेकोमा ३३ हजार ३ सय ६ को अन्तरवार्ता तय भएकोमा बाँकी ५ लाख १३ हजार ८ सय ८७ आवेदन ब्याकलगमा छन् ।

अमेरिकी दूतावास काठमाडौं

मे महिनामा २२ हजार ५ सय ७६ आप्रवासी भिसा आवेदनका अन्तरवार्ता तय गरिएको थियो भने जुन महिनामा यो संख्या केही बढेको थियो । जुन महिनामा ३० हजार ३ सय २० जना आवेदकको अन्तरवार्ता तय भएको थियो । त्यस्तै जुलाईमा ३४ हजार ४ सय ८ जनाको अन्तरवार्ता तय भएको थियो ।

जुलाईको तुलनामा ब्याकलगमा रहेका आवेदनको संख्या अगस्तमा घटेको छ । जुलाईमा ५ लाख ३१ हजार ९ सय ७६ आवेदन व्याकलग रहेकोमा अगस्तमा झण्डै १८ हजारले घटेको छ ।

कोरोना महामारीका कारण अमेरिकी विदेशमन्त्रालयले परिवारमा आधारित ग्रिनकार्डका आप्रवासी भिसाहरुलाई मुख्य प्राथमिकता दिएको छ । त्यसमा पनि अमेरिकी नागरिकका परिवारको भिसालाई प्राथमिकता दिएको छ भने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीका सन्दर्भमा चर्को ब्याकलग रहेको छ । त्यस्तै रोजगारमा आधारित भिसाको पनि चर्को ब्यागलग रहेको छ ।

डाइभर्सिटी भिसालाई अत्यन्तै कम प्राथमिकता दिएको अमेरिकी विदेशमन्त्रालयले पछिल्ला महिनाहरुमा भने विगतका तुलनामा केही बढी भिसा अन्तरवार्ताहरु तय गरेको छ । डिभी २०२१ का विजेताहरुले सेप्टेम्बरभित्र भिसा पाउनुपर्ने नियम रहेपनि उक्त अवधिभित्र अत्यन्तै कमलेमात्र भिसा पाउने सम्भावना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com