पब्लिक चार्जबारे नयाँ नियम ल्याउँदै बाइडेन प्रशासन, सोमबारदेखि कमेन्ट अवधि


प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पब्लिक चार्जबारे नयाँ नियम ल्याउनका लागि सर्वसाधारणबाट प्रतिकृयाको आव्हान गर्दै सोमबार फेडरल रजिष्टरमा सुचना प्रकाशित गर्ने भएको छ । ६० दिनसम्म लिखितरुपमा कमेन्टको आव्हान गरिनेछ भने सेप्टेम्बर १४ र अक्टोबर ५ मा भर्चुअल सार्वजनिक सुनुवाई समेत राखिने भएको छ ।

सोमबार फेडलर रजिष्टरमा प्रकाशित हुने सुचना

ट्रम्प प्रशासनले कम आम्दानी हुनेहरु र सरकारी सुविधा लिनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने तथा रोक लगाउन सन् २०१९ मा ल्याएको पब्लिक चार्जको नियम अहिले कार्यान्वयनमा छैन । बाइडेन प्रशासनले भने पब्लिक चार्जबारे नयाँ नियम ल्याउने भएको छ । तर यो ट्रम्पको पालामा ल्याइएको भन्दा निकै भिन्न हुने अपेक्षा गरिएको छ ।

होमल्याण्ड सेक्युरिटीले पब्लिक चार्जका सन्दर्भमा व्यवस्थापन तथा बजेट कार्यालयलाई प्रस्तावित नियमका सन्दर्भमा अग्रिम सुचना पठाएको थियो । प्रस्तावित नियम ल्याउनुभन्दा अगाडि नै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक प्रतिकृयाको लागि सुचना प्रकाशित गर्न लागेको हो ।

उमेर, स्वास्थ्य लगायतका विषयमा पब्लिक चार्जलाई कसरी लागु गर्ने भन्ने विषयमा सार्वजनिक प्रतिकृयाको आव्हान गरिएको छ । त्यस्तै शिक्षा, दक्षता लगायतका सन्दर्भमा पब्लिक चार्जको नियमलाई कसरी परिभाषित गर्ने भन्ने सन्दर्भमा पनि प्रतिकृया आव्हान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com