नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत ९ गते


प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ।

प्रस्तावित दुवै दलका संघीय सांसद र केन्द्रीय कमिटी सदस्यलाई सनाखतका लागि ९ गते बिहान ११ बजेदेखि २ बजेसम्म बोलाइएको आयोगले जनाएको छ।

सरकारले दल विभाजनसम्बन्धी व्यवस्थालाई खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिएर महन्थ ठाकुरले लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएका हुन्।

नेपाल समूहले बुधबार नै नेकपा एमाले (समाजवादी) नाम प्रस्ताव गर्दै दल दर्ताका लागि निवेदन दिएकोमा शुक्रबार नाम परिवर्तनका संशोधन दर्ता गराएको छ। मूल पार्टी नेकपा एमालेसँग नाम जुधेपछि नाम परिवर्तन गरेर नेकपा (एकीकृत समाजवादी) राखिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा एमाले (समाजवादी) ले बुधबार दल दर्ताका लागि निवेदन दिएकोमा नाम परिवर्तन गर्न शुक्रबार निवेदन संशोधन दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

यसअघि माधव नेपाल समूहले प्रस्ताव गरेको नामका विषयमा अनौपचारिक छलफल हुँदा विगत नेकपाकै जस्तो परिस्थिति आउन सक्ने आँकलन गरी नाम परिवर्तनका लागि निवेदन संशोधन गरिएको जनाइएको छ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ऋषि कट्टेलको नेकपासँग नाम मिलेको जनाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता खारेज गरेको थियो।

यस्तै, महन्थ ठाकुरको समूहले पनि बुधबार जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नामबाट दल दर्ताका लागि निवेदन दिएकोमा मूल पार्टीसँग जुधेको भन्दै नाम परिवर्तन गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com