नेपालमा थप ३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु


प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन परीक्षणमा ९६३ जनामा कोरोना पुष्टि भएको हो।

सोही अवधिमा थप २६ जना कोरोना संक्रमितको मृत्यु मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ।

शुक्रबार मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका रहेका छन्। तीमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३८७ छन् भने ७१४ जना आइसीयूमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको मन्त्रालयले जानकारी दिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com