कूटनीतिक नियोग र कर्मचारीको घरभाडाका लागि एक वर्षमा ८१ करोडभन्दा बढी खर्च


प्रकाशित मिति : भाद्र ४, २०७८ शुक्रबार

विदेशस्थित कूटनीतिक नियोग कार्यालय र कर्मचारी आवासका लागि घरभाडावापत् नेपाल सरकारले यो वर्ष ८१ करोडभन्दा बढी खर्च गरेको छ।

महालेखा परीक्षकको प्रतिवेदन २०७८ का अनुसार घरभाडावापत् ८१ करोड १० लाख रुपैयाँ खर्च भएको हो। जुन नियोगको चालु खर्चको २९.३४ प्रतिशत हो।

कर्मचारी आवासका लागि लिइएइको घरमा उपलब्ध गराइएको सुविधा र भाडा रकमसम्बन्धी मापदण्डमा पनि विविधता देखिएको महालेखाको भनाइ छ। यसका लागि स्पष्ट मापदण्डसहितको नीति बनाई कार्यान्वयन गर्न संसदको सार्वजनिक लेखा समितिले २०६९ वैशाख ५गते परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रिपरिषद्को २०५१ जेठ २३ को निर्णयमा नियोग प्रमुख, अन्य कर्मचारी र निजका आश्रित परिवार तथा निजी कामदारको स्वास्थ्य बिमा र बिमकले आफैंले तिर्नुपर्ने शुल्क वा कमिसन भएमा सोसमेत नेपाल सरकारले बेहोर्ने उल्लेख छ।

बिमा हुन नसक्ने भएमा मन्त्रालयको पूर्वस्वीकृति लिइ गराइएको स्वास्थ्योपचारमा लागेको खर्च रकम नेपाल सरकारले बेहोर्ने उल्लेख छ। यो वर्ष विदेशस्थित ३९ कूटनीतिक नियोगले नियोग प्रमुख, कूटनीतिक कर्मचारी, आश्रित परिवार र निजी कामदारको स्वास्थ्य बिमा तथा उपचार खर्चका लागि २० करोड १६ लाख १३ हजार खर्च भएको देखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com