नेपालमा कोरोनाः ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु


प्रकाशित मिति : भाद्र ३, २०७८ बिहीबार

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको हो। यसमध्ये काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना संक्रमित रहेका छन्।

सोही अवधिमा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ रहेको छ। मृत्युदर १.५ प्रतिशत रहेको छ।

यस्तै, बिहीबार मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ६ लाख ९१ हजार २ सय ९९ जना संक्रमणमुक्त भइसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३८६ छन् भने ७३९ जना आइसीयूमा र १६८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com