एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्।
उनले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका हुन्।
बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको थियो।
शाक्यले बुधबारै दुई जना मन्त्री नियुक्त गरेकी छन्। केशव पाण्डेलाई आन्तरिक मामिला तथा भौतिक पूर्वाधारमन्त्री र कृष्ण खनाललाई सामाजिक विकासमन्त्री नियुक्त गरेकी हुन्। यसअघि यी दुवै मन्त्रालयमा माओवादी केन्द्रबाट मन्त्री थिए।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
बागमती प्रदेश सभामा कूल १०९ सदस्यमध्ये एमालेका ५५ जना छन्। तीमध्ये माधव नेपालपक्षमा कति सदस्य छन् भन्नेबारेमा स्पष्ट भइसकेको छैन। मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य पनि यसअघि नेपाल पक्षमा भए पनि विभाजनका बेला नेपालको साथ छाडेकी थिइन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।