Follow @khasokhasmag

नेपालमा कोरोनाः सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो


प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार

नेपालका कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ पुगेको हो।

सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ३६ हजार ८ सय ६, संस्थागत आइसोलेसनमा ३ हजार ५ सय ३२, आइसीयूमा ७७० र भेन्टिलेटरमा १ सय ८६ जनाको उपचार भइरहेको छ। ४ सय ५७ जना क्वारेन्टाइनमा छन्।

काठमाडौंमा सक्रिय संक्रमित ८ हजार ८६, भक्तपुरमा १ हजार ४ सय ९० र ललितपुरमा २ हजार १ सय ८२ छन्।
यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १६ हजार ८ सय ३८ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा ७ सय ११, भक्तपुरमा १ सय २२ र ललितपुरमा १ सय ६० संक्रमित थपिएका छन्।

यस्तै , देशभर ४२ जनाको मृत्यु भएको छ। योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ पुगेको छ।

सोही अवधिमा २ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संंख्या ६ लाख ८९ हजार १ सय ७३ छ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com