नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार नजिक


प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८ सय ७१ पुगेको हो।

तीमध्ये ३६ हजार ५ सय ७५ होम आइसोलेसनमा, ३ हजार २ सय ९६ जना संस्थागत आइसोलेसनमा, ७९० आइसीयूमा र १९१ जना भेन्टिलेटरमा छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ संक्रमित थपिएका छन्। १७ हजार ६ सय ८९ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा १ हजार ३३ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ संक्रमित छन्।

यस्तै, २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ। सोही अवधिमा १ हजार ९ सय २९ जना निको भएका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com