अफगानिस्तानबाट चार्टड विमानमा काठमाडौं आइपुगे एक सय १८ नेपाली (फोटो फिचर )


प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार

अफगानिस्तानबाट चार्टड विमानमा एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन्।

उनीहरू कुवेत हुँदै मंगलबार बिहान जजिरा एयरलाइन्समार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो।

काबुलमा रहेको अमेरिकी दूतावासमा झण्डै ३ सय नेपाली कार्यरत रहेका थिए ।

यसैबीच अफगानिस्तानमा रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गर्दै नेपाल सरकारको सम्पर्कमा आएका छन् ।

सबै तस्वीर:  खसोखास

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com