अफगानिस्तानमा बिचल्लीमा परेका नेपालीको उद्दार गर्न नेपाली जन प्रगतिशील मञ्च युरोपको माग


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

नेपाली जन प्रगतिशील मञ्च युरोपले अफगानिस्तानमा चलिररहेको आन्तरिक द्धन्दका कारण बिचल्लीमा परेका नेपालीहरूको उद्दार गरी यथासिघ्र नेपाल फिर्ता लैजान नेपाल सरकारसँग माग गरेको छ । अनलाइनमार्फत सम्पन्न मञ्चको पहिलो बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दारकालाई सरकारलाई दवाव दिने विषय प्राथमिकताका साथ समावेश गरिएको थियो ।

अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत झण्डै ३ सय नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । ती नेपालीहरु काबुलमा रहेको अमेरिकी दूतावासको सुरक्षार्थ खटिएका थिए । उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउने तयारी गरेको छ ।

अफगानिस्तानको काबुलमा झण्डै १५ सय नेपाली रहेको अनुमान छ। २०७३/०७४ यता अफगानिस्तानमा काम गर्नका लागि ६ हजार ६३७ नेपालीले स्वीकृति लिएका छन् भने यस वर्षको वैशाखदेखि साउन २९ गतेसम्म ३३० जनाले श्रम स्वीकृति लिएर अफगानिस्तान गएको तथ्यांकले देखाउँछ।

बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मागमा ऐक्यवद्धता

नेपाली जन प्रगतिशील मञ्च युरोपले बेलायतमा भूतपूर्व गोर्खा सैनिकहरुले समान पेन्शन लगायत अन्य सुविधाको मागका साथ गरेको आन्दोलनप्रति पनि ऐक्यवद्धता जनाएको छ । बेलायत सरकारवाई तत्काल वार्ताको पहल गरी भूतपूर्व गोर्खा सैनिकका माग पूरा गर्न मञ्चले गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मञ्चका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा भएको बैठकको संचालन मञ्चका सचिव रण खाती क्षेत्रीले गरेका थिए । नेकपा माओवादीले लिएको वर्तमान विचार र कार्यनीतिले मात्र देश विकाशमा फडको मार्न सक्नेमा बैठकमा एकमत रहेको थियो । उनीहरुले वामपन्थी धारको बृहत एकताबाट मात्र देशमा सुशासन र शान्ति कायम रहन सक्ने ठहर गर्दै एकताको लागि सबै एक भएर लाग्नु पर्ने कुरामा जोड दिए ।

बैठकले युरोपमा मञ्चलाई चलायमान बनाउनको लागि विभिन्न विभाग बनाई अघि बढ्ने निर्णय गरेको छ । जस अनुसार, संगठन विभागमा उदय राज गौतम , आर्थिक विभागमा प्रकाश पौडेल, महिला बिभागमा सुष्मा भुसाल , संचार विभागमा विर मान घर्ती मगर र पार्टी प्रवक्तामा शम्भु प्रसाद पोख्रेललाई चयन गरिएको छ ।

एनआरएनएको अन्तर्राष्ट्रीय समन्वय समितीको निर्वाचनमा छलफल , तालमेल ,वार्ता गर्न युरोपको लागि सुरेन्द्र नेपाल श्रेष्ठ, लोक दाहाल, चित्र सुवेदी, गंगा भुसाल र धर्म राज खतिवडालाई जिम्मा दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com