अब ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको म्याद ४ बर्ष


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

अमेरिकामा युएससीआईएसले मेडिकल रिपोर्टको म्याद २ बर्षबाट बढाएर ४ बर्ष बनाएको छ । ग्रिनकार्ड आवेदन दिंदा आवश्यक मेडिकल रिपोर्टको २ बर्षे म्याद ग्रिनकार्डबारे निर्णय नगर्दै सकिने अवस्था आएपछि युएससीआईएसले मेडिकल रिपोर्टको म्याद बढाएको हो ।

युएससीआईएसको नयाँ नियमसँगै ग्रिनकार्ड आवेदन आई ४८५ दुईबर्षभन्दा लामो समय पेन्डिङ रहेको अवस्थामा नयाँ मेडिकल रिपोर्ट पेश गर्नुपर्ने झन्झटबाट आवेदकहरु मुक्त भएका छन् । अमेरिकामा आप्रवासी भिसा वा ग्रिनकार्ड आवेदन दिंदा स्वास्थ्य परीक्षण र भ्याक्सिनको रेकर्ड उल्लेख भएको मेडिकल रिपोर्ट आई ६९३ पेश गर्न आवश्यक हुन्छ ।

सामान्यतया स्वास्थ्यको आधारमा अमेरिकाको आप्रवासी सुविधाका लागि आवेदक अयोग्य नरहेको प्रमाणका रुपमा मेडिकल रिपोर्ट पेश गरिन्छ । यो रिपोर्ट सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ बर्षसम्म मान्य हुने प्रावधान अहिलेसम्म रहेको छ । तर आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्दाको मितिले ६० दिन भित्रैको रिपोर्टमात्र मान्य हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारी कारण ग्रिनकार्ड आवेदन प्रकृयामा ढिलाई भएको भन्दै अगस्त १२ देखि नै लागु हुने गरी युएससीआईएसले नयाँ नियम ल्याएको हो । आवेदनमा निर्णय गर्न ढिलो हुँदा आवेदकले नयाँ मेडिकल रिपोर्ट पेश गर्ने अवस्थालाई सम्बोधन गर्नका लागि युएससीआईएसले मेडिकल रिपोर्टको म्याद अस्थायी रुपमा बढाउने नियम ल्याएको जनाएको छ ।

तर मेडिकल रिपोर्टको म्याद आगामी सेप्टेम्बर ३० सम्मका लागिमात्र ४ बर्षसम्म कायम हुनेगरी बढाइएको हो । यदि सिभिल सर्जनले हस्ताक्षर गरेको ४ बर्ष नाघेको छैन र आई ४८५ आवेदन दिनु अगाडि ६० दिन ननाघेको अवस्थामामात्र मेडिकल रिपोर्टलाई मान्यता दिइनेछ । सेप्टेम्बर ३०, २०२१ अगाडि निर्णय गरिने ग्रिनकार्ड आवेदन आई ४८५ आवेदनका सन्दर्भमामात्र यो नियम लागु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com