अमेरिकामा एसाइलम खोज्नेलाई मेक्सिको पठाउने नीति पुन लागु गर्न अदालतको आदेश


प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार

अमेरिकाको सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई अध्यागमन अदालतमा प्रकृयासम्मका लागि प्रतिक्षाका लागि मेक्सिको पठाउने ट्रम्पकालिन नीति पुन लागु गर्न टेक्सासको संघीय अदालतले आदेश दिएको छ । ट्रम्पकालिन यो कार्यक्रम बाइडेन प्रशासनले गैर काूननी रुपमा खारेज गरेको ठहर गदैए संघीय न्यायाधिसले यो कार्यक्रम लागु गराउन आदेश दिएका हुन् ।

युएस डिस्ट्रिक्ट कोर्टका न्यायाधिस म्याथ्यु कासमारकले कानूनी रुपमा खारेज नहुन्जेलसम्मका लागि यो कार्यक्रम लागु गर्न आदेश दिएका हुन् । यी न्यायाधिसलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । त्यस्तै अनिवार्य हिराशतमा राख्नुपर्ने अवस्थाका एसाइलम आवेदकहरु र आप्रवासीहरुलाई हिराशतबाट नछाड्न समेत अदालतले आदेश दिएको छ ।

न्यायाधिसले आफ्नो आदेश देशब्यापी कार्यान्वनका लागि ७ दिनको समय दिएका छन् । बाइडेन प्रशासनलाई पुनरावेदन गर्न चाहेको खण्डमा समय प्रदान गर्दै न्यायाधिसले ७ दिनपछि मेक्सिको फिर्ता पठाउने कार्यक्रम लागु गर्न आदेश दिएका हुन् । ५३ पृष्ठ लामो अदालतको आदेशमा गत जुन महिनामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले कानूनको उल्लंघन गरेर मेक्सिको फिर्ता पठाउने कार्यक्रम रद्द गरेको उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधिसको यो आदेशलाई टेक्सास र मिजौरीका सरकारको जीतको रुपमा हेरिएको छ । यी दुई राज्यहरुले मेक्सिको फिर्ता पठाउने नीति कार्यान्यनका लागि अदालतमा मुद्दा दायर गरेका थिए । अमेरिकी सिमा क्षेत्रमा आएर एसाइलम खोज्नेलाई मेक्सिको फिर्ता पठाउने कार्यक्रम सन् २०१८ को अन्तिमतिर ट्रम्प प्रशासनले ल्याएको थियो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com