बैंकलाई ३ करोड ठगेर पोर्चुगल पुगेका ढुंगानालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो, आइतबार अदालतमा पेश गरिने


प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार

बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै तीन करोड रुपैयाँ कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट पक्राउ गरेर नेपाल ल्याइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–१ का ४३ वर्षीय केदार ढुंंगानालाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई शनिबार काठमाडौँ ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिएका छन्।

ललितपुर जिल्ला अदालतले २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर) लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र सात लाख जरिवाना हुने ठहर गरेको थियो । उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयानबाट ढुंगानाको संलग्नता रहेको खुलेपछि २०७५ पुस ४ गते पक्राउ अनुमति लिइ खोजी शुरु गरिएको थियो । त्यसबेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको सूचना प्रहरीले पाएको थियो।

उनीविरुद्ध अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न २०७५ पुस १७ गते डिफ्युजन जारी भएको थियो। उक्त डिफ्युजन २०७८ वैशाख ३१ गते रेड कर्नर नोटिसमा रुपान्तरण भएको थियो। खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको ‘नेशनल सेन्ट्रल ब्युरो’सँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी शनिबार नेपाल ल्याइएको ब्युरोले जनाएको छ। उनीसहित १२ जनाले काठमाडौँ र ललितपुरका बैंकमा सवारीसाधन सुरक्षणबापत बैंकका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप रु दुई करोड ७१ लाख ७६ हजार रकम लिएका थिए। बैंकको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैंकका नाममा नरहेको जानकारी आएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपश्चात् ढुंगानाले बैंकलाई हानि नोक्सानी पुर्‍याउने कार्य गरेको देखिन आएकाले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न ब्युरोमा २०७५ मङ्सिर २१ गते जाहेरी परेको थियो। अनुसन्धानका क्रममा ढुंगानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात कीर्ते बनाई पेश गरेको खुल्न आएको थियो।

उनीहरूले सरकारी छाप तथा दस्तखत कीर्ते कसुर शीर्षकमा काठमाडौँ जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी ढुंगानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र रु ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। काठमाडौँ जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत, पाटनमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com