नेपालमा कोरोनाः २६२४ संक्रमित थपिए, २० को मृत्यु


प्रकाशित मिति : श्रावण ३०, २०७८ शनिबार

नेपालमा शनिबार २ हजार ६ सय २४ कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६ सय ६७ जनाको पिसिआर र ४ हजार ९ सय ६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ। निको हुने दर ९३.२ प्रतिशत छ।

सोही अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ।

हाल नेपालभर सक्रिय संक्रमित ३९ हजार ४ सय ५ छन्। जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३ हजार ४ सय ३ जना संस्थागत आइसोलेसनमा छन्। यस्तै, ७६० जना आइसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com