नेपालमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २०


प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार

नेपालमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार ५ सयभन्दा माथि संक्रमित भएका जिल्लाको संख्या बढेको हो।

ती जिल्लमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासीपूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङजा, तनहुँ, रुपन्देही र सुर्खेत रहेका छन्।

काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ८ हजार ४ सय ७, भक्तपुरमा १ हजार ३ सय ६२ र ललितपुरमा १ हजार ८ सय २७ रहेका छन्। नेपालमा संक्रमणदर १९.५ प्रतिशत रहेको छ भने मृत्यु प्रति १० लाख जनसंख्यामा ३४५.१ रहेको छ।

नेपालमा पछिल्लो २४ घन्टा ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ५८२ नमुना परीक्षण गरिएकामध्ये उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ रहेका छन्।

शुक्रबार २ हजार ११८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म ९३ दशमलव २७ प्रतिशत निको भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७ जनाको निधन भएको छ। हालसम्म कोरोना संक्रमणबाट १० हजार २३९ जनाको निधन भइसकेको छ।

शुक्रबार देशभर ३८ हजार ७ सय ९८ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३५ हजार ५१८ होम आइसोलेसन र ३ हजार २८० संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयको तथ्यांक अनुसार १८६ भेन्टिलेटरमा सहित ७३६ जनाको आइसियूमा उपचार भइरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com