विश्वविद्यालयका विद्यार्थीले पाउने भए खोप


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

सरकारले विश्वविद्यालय तहका परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंंख्या राज्यमन्त्री उमेश श्रेष्ठ बुधबार ट्वीट गर्दै विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। उनले काठमाडाै‌ं उपत्यकामा नेपाली सेना नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथकाे राधास्वामी आइसाेलेसन केन्द्र र सबै प्रदेशबाट परीक्षार्थीलाई खाेप वितरणकाे व्यवस्था रहेकाे जनाएका छन्।

सोमबार पाँच विद्यार्थी संगठनले मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको परीक्षामा सहभागी विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीलाई खोप प्रदान गरिनेछ।

फागुनसम्म ५ करोड खोप ल्याइनेछः मन्त्रालय
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुनसम्म कोरोना विरुद्धको ५ करोड २२ लाख डोज खोप ल्याउने प्रक्रियामा रहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले सरकार फागुन मसान्तसम्म ५ करोडभन्दा बढी खोप ल्याउने तयारीमा जुटेको जनाएका छन्। उनका अनुसार हालसम्म नेपालले अनुदान तथा खरिद गरेर १ करोड ८ लाख ६० हजार १७० डोज प्राप्त गरेको छ।

असोज मसान्तसम्म करिब एक तिहाई जनसंख्यालाई खोप दिइसक्ने मन्त्रालयले जनाएको छ। असोज मसान्तसम्म १ करोड २ लाख खोप ल्याउने तयारी भएको उनले बताए।

‘हामीले असोज मसान्तसम्म एक तिहाई जनसंख्यालाई खोप दिइसक्ने तयारी गरेका छौं,’ डा पौडेलले भने, ‘ ‘सरकार खोपलाई प्राथमिकतामा राखि खरिद गर्न लागिपरेको छ।’

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ लाख ४१ हजार ६८२ पहिलो डोज खोप प्राप्त गरेका छन् भने २७ लाख २१ हजार ७ सय ८२ जनाले दवै डोज लगाइसकेका छन्।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ लाई कोभिड खोप लगाउने लक्ष्य लिएको छ। जसमध्ये हालसम्म २१ दशमलब १ प्रतिशतले पहिलो डोज र १३ दशमलब २८ प्रतिशतले दोस्रो डोज खोप पाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com