लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएका हुन्।

प्रदेश प्रमुख शेरचनले आव्हान गरेअनुसार विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार १ बजे प्रदेश सभाको विशेष अधिवेशन बाेलाइएकाे थियो। प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि पोखरेलले राजीनामा दिएका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासम्मिलित विपक्षी गठबन्धनले साउन १८ गते नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन भन्दै अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए। त्यसको तीन दिनपछि अर्थात् २१ गते प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए।

लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन्। बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ। विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com