विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त


प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई नियुक्त गरेको हो। तर सरकारले घिसिङ पुनःनियुक्तिलाई गोप्य राखेको थियो।

एक साताअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेर राजीनामा दिन आग्रह गरेको समाचार सार्वजनिक भएको थियो। शाक्यको कार्यसम्पादनप्रति सरकारले असन्तुष्टि जनाएको थियो। लगत्तै शाक्यले पत्रकार सम्मेलन गरी आफूलाई राजीनामा दिन नभनेको उल्लेख गर्दै सरकारले उपयुक्त ठाउँमा जिम्मेवारी दिए प्राधिकरण नेतृत्व छाड्न तयार रहेको बताएका थिए।

यसअघि घिसिङ २०७३ भदौमा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनी २०७७ भदौ २९ मा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए। त्यसपछि पनि .घिसिङलाई नै पुनःनियुक्ति गर्नुपर्ने दबाब नागरिकस्तरबाट उठेको थियो। तर तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३० भदौमा प्राधिकरणकै १२औं तहका लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो। त्यसपछि गत कार्तिकमा निमित्त कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको सरकारले माघमा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

शाक्यप्रति केमा असन्तुष्टि?
देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ शाक्यले ध्यान नदिएको आरोप सरकारले लगाएको थियो। पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणको नेतृत्व चुकेको मन्त्रालयको बुझाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नगरेको पनि मन्त्रालयको आरोप थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com