बढ्दै कोरोनाः २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या ५ हजार नजिक, ३५ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार

नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या ५ हजार नजिक पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार देशभरका विभिन्न प्रयोगशालामा १९ हजार १ सय २३ जनाको परीक्षणमा भएकोमा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसमध्ये काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ रहेको छ। यस्तै, झापामा २९७, मोरङमा १६४, सुनसरीमा १३९, काभ्रेमा १३८, कास्कीमा २९४, नवलपरासीपूर्वमा १०० रहेका छन्।

यस्तै, मंगलबार ३५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना संक्रमणमुक्त भएका छन् भने हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ। त्यसमध्ये होम आइसोलेसनमा ३३ हजार ९ सय ८५, संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ४७, आइसीयूमा ७६१ र भेन्टिलेटरमा १७६ रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com