उपत्यकाको निषेधाज्ञा भदौ ८ सम्म थप, निजी तथा सार्वजनिक सवारीसाधन बेलुकी ८ बजेपछि चल्न नपाउने (आदेशसहित)


प्रकाशित मिति : श्रावण २६, २०७८ मंगलबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ५ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ सम्म थप गर्ने निर्णय गरेको हो।

निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। यस्तै, अत्यावश्यकबाहेकका अन्य निजी एवं सार्वजनिक सवारीसाधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ।

यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरन्जन स्थल, रंगशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न पाइनेछैन। पुजारीबाट हुने नित्यपुजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन।

सभाजुलुस, जात्रा महोत्सव, भोजभतेरमा लगाइएको रोक कायमै राखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com