अन्ततः कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना बजेट प्याकेजमै


प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार

अन्ततः कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना डेमोक्रेटिक सांसदहरुले ल्याएको ३ दशमलव ५ ट्रिलियन डलरको बजेट प्याकेजमै समावेश गरिएको छ । सिमा सुरक्षामा खर्चको विषयलाई प्राथमिकताका साथ समेटिएको प्याकेजमा लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने विषय समेटिएको हो ।

बजेट प्रकृयाबाट बिल पारित गर्दा सिनेटमा रिपब्लिकन सांसदको समर्थन आवश्यक पर्दैन । तर सबै डेमोक्रेटिक सांसदहरुको समर्थन भने अनिवार्य हुनेछ ।

सोमबार बिलको विवरण सार्वजनिक गरिएको छ । सांसदहरुलाई सेप्टेम्बर १५ को डेडलाइन दिइएको यो बिलमा सिनेटको न्यायायिक कमिटिका लागि हरेक खर्चका लागि १०७ बिलियन डलर छुट्याइएको छ । बिलमा कुन समुह र कति व्यक्ति बिलले समेट्ने उल्लेख गरिएको छैन तर योग्य आप्रवासीहरुलाई ग्रिनकार्डको बाटोमा लैजान निर्देश गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै बिलको सारांशमा लाखौं आप्रवासी कामदारहरु र परिवारलाई ग्रिनकार्ड प्रदान गर्ने उल्लेख छ । हाउसका डेमोक्र्याट्सहरुले अमेरिकामा बाल्यकालमा आएका कागजपत्रविहिनलाईमात्र होइन, कृषि कामदार र टीपीएसले समेटेकाहरुलाई पनि ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना अगाडि सारेका छन् ।

समग्रमा डेमोक्र्याट्सहरुले १० मिलियन कागजपत्रविहिनहरु ग्रिनकार्डका लागि योग्य हुनेगरी बिल अगाडि बढाउनसक्ने जनाइएको छ । राष्ट्रपति जो बाइडेनले यसअगाडि सार्वजनिक गरेको र संसदमा अड्केको बिलले झण्डै ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रस्ताव गरेको छ ।

ग्तमहिना राष्ट्रपति बाइडेनले अध्यागमनको विषय बजेट प्याकेजमा नै समावेश गर्ने विषयलाई समर्थन गरेपछि अहिले बजेट प्याकेजमा अध्यागमनको विषय समावेश गरिएको हो । रिपब्लिकन सिनेटरहरु जोन कोर्नयन र थोम टिलिसले डेमोक्र्याट्सहरुलाई बिलमा पहिले डाकाले समेटेकाहरुलाईमात्र समावेश गर्न सुझाव दिएका छन् ।

प्हिले डाकाबाट संरक्षण प्रदान गरिएकाहरुमात्र समेटिएमा झण्डै ७ लाखमात्र पर्नेछन् । तर बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएकाहरु थप १३ लाख भएको अनुमान गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com