नेपालमा कोरोनाः ३६५१ संक्रमित थपिए, २२ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार

नेपालमा ३ हजार ६ सय ५१ कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यसअनुसार काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जनाका संक्रमण पुष्टि भएको छ। यसबाहेक मोरङमा १३१, सुनसरीमा १०२, चितवनमा २६३, कास्कीमा २१०, बागलुङमा १२८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १० हजार १ सय १५ पुगेको छ। हाल नेपालमा मृत्यु दर १.५ प्रतिशत छ।

उक्त अवधिमा १ हजार ७ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ४५ हजार ३० जनाले खोप प्राप्त गरेका छन्। नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ पुगेको छ। जसमा ३२ हजार ९ सय ७ होम आइसोलेसनमा र ३ हजार ३ सय ८१ जना संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै, ७ सय ४१ जना आइसीयूमा छन्।

मन्त्रालयका अनुसार खोप केन्द्रमा भीडभाड हुन नदिन जुलाई महिनापछि काठमाडौंमा ८३ र नेपालभर १४३३ खोप केन्द्र थपिएका छन्। योसँगै काठमाडौंमा कूल खोप केन्द्रको संख्या १४९ र नेपालभर ४ हजार ४ सय २२ पुगेको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com