Follow @khasokhasmag

नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार

नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको हो।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ। नेपालमा हाल मृत्युदर १.५ प्रतिशत छ।

यस्तै, देशभरका प्रयोगशालमा १२ हजार ३ सय ७८ जनाको परीक्षण गरिएकोमा २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंमा ७४०, ललितपुरमा १५५ र भक्तपुरमा ५६ जना रहेका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ रहेको छ। यसमध्ये होम आइसोलेसनमा ३१ हजार ९ सय ६३ र संस्थागत आइसोलेनमा ३ हजार ५ सय २२ छन्। आइसीयुमा रहनेको संख्या पनि ८ सय २ पुगेको छ।

काठमाडौंमा सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ७६, भक्तपुरमा १ हजार २ सय ७३ र ललितपुरमा १ हजार ७ सय ३४ रहेका छन्।
२४ घण्टामा २ हजार २ सय २९ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या देशभर ६ लाख ६९ हजार २ सय ९९ रहेको छ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com