कोरोना महामारीः २४ घण्टामा थपिए ३२१८ संक्रमित, १९ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २३, २०७८ शनिबार

नेपालमा २४ घण्टामा ३ हजार २ सय १८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ७ जनाको एन्टिजेन र ८ हजार ८ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय ७ पुगेको छ।

यसमध्ये काठमाडौंमा ५९३, भक्तपुरमा १२८ र ललितपुरमा १८९ जना संक्रमित थपिएका छन्।

यो अवधिमा निको हुनेको संख्या भने १ हजार ७ सय २२ छ। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ। संक्रमणमुक्त दर ९३.६ प्रतिशत छ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ पुगेको छ। जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा, ३ हजार ४ सय ५ जना संस्थागत आइसोलेसनमा, ७ सय ४६ जना आइसीयुमा र १६९ जना भेन्टिलेटरमा छन्।

यस्तै, शनिबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट १० हजार ३८ जनाको मृत्यु भएको छ।

हालसम्म ४४ लाख ४२ हजार ६ सय २२ जनाले पहिलो डोज र २३ लाख ५९ हजार ७ सय ९३ जनाले दुवै डोज खोप लगाएको मन्त्रालयको तथ्यांक छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com