सबै परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेको भन्दै निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताए।

मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि भौतिक उपस्थितिमै सुरु गर्ने तयारी छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com