लुम्बिनीमा अर्को ट्वीस्टः सांसद खत्रीले भनिन्–मुख्यमन्त्री निवासमा ५ दिनसम्म बन्धक बनाइयो, मुख्यमन्त्रीकाे यस्ताे जवाफ


प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार

लुम्बिनी प्रदेशकी सांसद विमला खत्रीले आफूलाई बन्धक बनाइएको भन्दै अभिव्यक्ति दिएपछि यो प्रकरणमा अर्को ट्वीस्ट आएको छ।

केही दिनअघि आफू एमालेमै रहेको बताएकी सांसद खत्रीले बुधबार माओवादीमै रहेको प्रतिक्रिया दिएकी थिइन्। त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी आफूलाई ५ दिनसम्म मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएपछि यो प्रकरणले चर्को रुप लिने देखिएको छ ।

उनको आरोपलगत्तै प्रतिक्रिया दिँदै मुख्यमन्त्री पोखरेलले यसबारे इतिहासले उत्तर खोज्ने बताएका छन्।

बिहीबार जारी विज्ञप्तिमा खत्रीले एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफूलाई नेपालगन्ज लैजाने भनी मुख्यमन्त्रीको निवासमा लगेर बाहिर निस्कन नदिई राखेको दाबी गरेकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुख्यमन्त्रीनिवास पुगेपछि मुख्यमन्त्री पोखरेलले एमालेमा आउन दबाब दिँदै मन्त्री बन्नेसम्मको प्रलोभन दिएको र आफूले निरन्तर इन्कार गर्दा बाहिर निस्कन नदिइएको उनले बताएकी छन्। ‘साउन १६, १७, १८ सम्म मुख्यमन्त्रीनिवासबाट बाहिर निस्कन नदिई निरन्तर दबाब दिइरहियो, मैले इन्कारी जारी राखिरहेँ। साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्न नदिई जबर्जस्ती हस्ताक्षर गराइयो, यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युटजस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो,’ उनले भनेकी छन्।

उनले २० गते मुख्यमन्त्रीनिवासका सबैजना सबै आराम गरिरहेको मौकामा ट्वाइलेटको चप्पल लगाएर भागेर माओवादी संसदीय दलको कार्यालय पुगेको पनि जनाएकी छन्।

आफूहरुलाई अपहरणको आरोप लागेपछि मु्ख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन्।

प्रदेश सभामा सांसदको संख्या कम हुनुमा जिम्मेवार रहेको प्रतिपक्षले नै सांसद अपहरणको आरोप लगाएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसबारे ‘इतिहासले उत्तर खोज्ने’ टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा पोखरेलले भनेका छन्– ‘दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासनुको डण्डा’ चलाएर निष्कासन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ। ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्‍यो? इतिहासले उत्तर अवश्य खोज्नेछ।’


तत्कालीन नेकपाबाट निर्वाचित खत्रीले पार्टी एमाले र माओवादी नै कायम भएपछि माओवादी केन्द्र रोजेकी हुन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com