कोरोना महामारीः २४ घण्टामा थपिए ३९३८ संक्रमित, ३७ को मृत्यु


प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार

नेपालमा २४ घण्टामा ३ हजार ९ सय ३८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६ हजार ५ सय ३८ जनाको एन्टिजेन र ११ हजार ८ सय ७० जनाको पिसिआर विधिबाट परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ७ लाख ७३ हजार ८ सय ६० पुगेको छ।

संक्रमितमध्ये काठमाडौंमा ७ सय ६६, ललितपुरमा १ सय ७३ र भक्तपुरमा १ सय ४६ रहेका छन्। यस्तै, झापामा ३ सय ७४, मोरङमा १ सय ६८, काभ्रेमा १ सय १० जना संक्रमित थपिएका छन्।

यस्तै, यो अवधिमा २ हजार १२ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ रहेको छ। निको हुने दर ९३.७ प्रतिशत रहेको छ।

२४ घण्टामा ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ रहेको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ पुगेको छ। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा, ३ हजार ३ सय १४ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ सय १३ जना आइसीयुमा र १ सय ५८ जना भेन्टिलेटरमा छन्।

नेपालमा ४३ लाख ५९ हजार २ सय ७७ जनाको कोरोनाविरुद्धको पहिलो डोज खोप र २१ लाख ३० हजार ९ सय जनाले दुवै डोज लगाइसकेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com