स्वास्थ्य मन्त्रालयको प्रक्षेपणः मंसिरसम्म २ लाख कोरोना संक्रमित थपिने


प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी मंसिरसम्म करिब २ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ। प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिको बिहीबारको बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा। गुणराज लोहनीले मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने अनुमान प्रस्तुत गरेका हुन्।

मन्त्रालयले गरेको प्रक्षेपण अनुसार साउनमा संक्रमण दर बढे पनि त्यसपछि भने अस्पताल भर्ना हुने र गम्भीर बिरामीको संख्या बिस्तारै घट्दै जानेछ।

मंसिरसम्ममा १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना छ। ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

जसअनुसार साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी, ५ महिना अवधिमा ९ हजार ६९३ जनालाई सघन उपचार कक्षको आवश्यकता पर्ने मन्त्रालयको आँकलन छ।

साउनमा २ हजार ६६५, भदौमा २ हजार २८६, असोजमा १ हजार ९३०, कार्तिकमा १ हजार ५५२, मंसिरमा १ हजार २५९ जनालाई सघन उपचार आवश्यक पर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com