३३८३ जनामा संक्रमण पुष्टि, २४ को मृत्यु, यी हुन् बढी संक्रमण देखिएका ८ जिल्ला


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

२४ घण्टामा नेपालमा ३ हजार ३ सय ८३ कोरोना संक्रमित थपिएका छन्। १० हजार ६ सय ३८ जनाको पिसिआर र ६ हजार ८० जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौंमा ६ सय १३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ संक्रमित छन्।

काठमाडौं उपत्यकापछि धेरै संक्रमित थपिएका जिल्लामा झापामा २२६, मोरङमा १३७, सुनसरीमा १२१, चितवनमा १६४, मकवानपुरमा १२५ रहेका छन्।

२४ घण्टामा उमेरसमूहका हिसाबले सबैभन्दा ३१ देखि ४० वर्ष उमेर समूहका ५९१ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ भने मृत्युदर १.५प्रतिशत रहेको छ।

यस्तै, मंगलबार संक्रमणमुक्त हुनेको संख्या १ हजार ९ सय ९४ छ। नेपालमा हालसम्म ६ लाख ६० हजार १ सय १६ जना संक्रमणमुक्त भइसकेका छन्।

सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ पुगेको छ। जसमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा, ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा, ३ सय ७१ जना क्वारेन्टाइनमा छन्। यस्तै, ६८६ जना आइसीयुमा र १६२ जना भेन्टिलेटरमा छन्।

बढी संक्रमण देखिएका ८ जिल्ला
काठमाडौं–६१३
भक्तपुर–११४
ललितपुर–१७७
झापा–२२६
मोरङ–१३७
सुनसरी–१२१
चितवन–१६४
मकवानपुर–१२५

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com